टर्कीका भूकम्पपीडित सहयोगार्थ संकलित रकम हस्तान्तरण

टर्की । केहि समय अगाडि टर्की र सिरिया केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पले धेरैको ज्यान जानुको साथै ठुलो भौतिक क्षति भयो । नेपाली श्रमिकहरूको गन्तव्य मुलुक रहेको टर्कीमा करिब दुई हजार जति नेपाली छन् र भूकम्प प्रभावित क्षेत्र गाजियान्टेपमा रहेका केहि विद्यार्थी, घरेलु कामदार र होटेलमा काम गर्नेहरु भए पनि सबै नेपाली सुरक्षित रहेका थिए । भूकम्प गएदेखि गैरआवासीय नेपाली संघ टर्कीले सक्रिय भूमिका खेली भूकम्प पीडित र त्यहाँ रहेका नेपालीहरुलाई सहयोग गरेको थियो।
गैरआवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्जल घिसिङ्ग, वरिष्ठ उपाध्यक्ष श्यामकला राईले भूकम्प प्रभावित क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित स्थानमा सर्न सहयोग गरेका थिए भने महासचिव डा. विनोद पौडेल र सचिव मोहम्मद जावेद भूकम्प प्रभावित क्षेत्रमा गई सहयोग गरेका थिए।
गैरआवासीय नेपाली संघ टर्कीले गरेको यस कार्यमा ऐक्यबद्धता जनाउँदै एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाले १० दिनको अभियान चलाई आर्थिक संकलन गरेकी थिइन, जसबाट उठेको चार हजार एक सय उनाइस् युरो, उनन्तीस सेन्ट जम्मा भएको थियो।
११३ औ श्रमिक महिला दिवसको अवसरमा गैर आवासीय नेपाली संघ, महिला विभागले मार्च १२ मा गरेको एक भर्चुअल कार्यक्रम उक्त रकम एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापाको संयोजनमा त्यस कार्यक्रमकी प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरबाट गैर आवासीय नेपाली संघ टर्कीका अध्यक्ष उज्जल कुमार घिसिङ्गलाई हस्तान्तरण गरियो।
एनआरएनए मेडिया तथा पब्लिकेसन टास्क फोर्सकी उपसंयोजक बाबा राजेश्वरी थापा अष्ट्रियाको लागि पर्यटन दूत समेत हुन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुद्धोधन गाउँपालिकाको प्रशासकीय अधिकृत र वडाअध्यक्ष अख्तियारको नियन्त्रणमा
-
नेपालमा खोजी भइरहेका अमृतपाल पञ्जाबमा : भारतीय मिडिया
-
बागमती प्रदेश : मन्त्रालय बाँडफाँटमा दलहरुबीच अझै बन्न सकेन सहमति
-
राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त
-
राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा हाल्छु : ललित मोदी
-
भारतीय मिडियाले भन्यो, ‘नेपाल सीमामा कडाइ पछि अमृतपाल उत्तराखण्डबाट पञ्जाब फर्किए’