शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई नगदसहित सम्मान गर्ने बागमती प्रदेश सरकारको घोषणा

शुक्रबार, ०३ चैत २०७९, १२ : १६
शुक्रबार, ०३ चैत २०७९

हेटौँडा । विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई बागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सरकारको तर्फबाट शुक्रबार उक्त घोषणा गरेका हुन् । ‘खेलाडीको सम्मान र हौसलाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने भएका छौँ’, उनले भने । बागमती प्रदेशका खेलाडीहरू समेत सम्मिलित उक्त टिमलाई जितको लागि बधाई दिँदै मुख्यमन्त्री जमरकट्टेलले थप प्रगति र सफलताको लागि शुभकामना दिएका छन् । 

नेपालले बिहीबार घरेलु मैदान कीर्तिपुरमा युएईलाई ९ रनले पराजित गर्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप