पहिलो एकदिवसीयमा भारतद्वारा अस्ट्रेलिया ५ विकेटले पराजित
मुम्बई । भारत र अस्ट्रेलियाबीचको तीन खेलको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गरेको छ ।
अस्ट्रेलियाले दिएको १८८ रनको लक्ष्य भारतले ३९.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक ७५ रन बनाएर अविजित रहे भने अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए ।
यसअघि भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । दोस्रो ओभरमै पहिलो विकेट गुमाएको अस्ट्रेलियाले खराब सुरुवात गरेको थियो । तर, त्यसपछि स्मिथ र मार्सले इनिङ्सलाई सम्हालेका थिए । स्मिथ १३ औं ओभरमा २२ रन बनाएर आउट भए । यसबेला अस्ट्रेलियाको स्कोर ७७ रन थियो ।
१२९ रनको स्कोरमा मिचेल मार्स पभिलियन फर्किए । यसपछि कोही पनि लामो समय टिक्न सकेनन् र अस्ट्रेलियाको पूरा इनिङ ३५.४ ओभरमा १८८ रनमा समेटियो । भारतका मोहम्मद सामी र मोहम्मद सिराजले ३–३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण