शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

चैतमा वडाध्यक्षले सिरक बाडेपछि...

शनिबार, ०४ चैत २०७९, ११ : ५४
शनिबार, ०४ चैत २०७९

जनकपुरधाम । चैत महिनामा धनुषाको एक स्थानीय तहमा वडावासीलाई वडाध्यक्षले सिरक बाँडेको छन् ।

जिल्लाको नगराइन नगरपालिका अन्तर्गत वडा नं.७ का ज्येष्ठ नागरिकलाई  वडाध्यक्ष सूर्यनारायण साहले शुक्रबार सिरक बाँडेका हुन् ।  

शितलहरको बेला जसोतसो जीवनयापन गरेका विपन्न ज्येष्ठ नागरिकहरूलाई गर्मी याममा सिरक बाँडिएपछि सामाजिक सञ्जालमा वडाध्यक्ष साहको निकै टीकाटिप्पणी भइहरेको छ ।

नगरपालिकाभित्र जनप्रतिनिधिहरुबीच रहेको विवादले गर्दा नगर सभा ढिला भएको कारण सिरक चैत्रमा बाँडिएको वडाध्यक्ष साहले बताए । उनले माघ १८ गते नगर सभा भएपछि १५ दिन पश्चात् प्रमुख प्रशासकीय अधिकृतले अख्तियारी पाए । तत्पश्चात् कोटेसन प्रक्रियामा जाँदा जाँदै ज्येष्ठ नागरिकलाई सिरक बाँड्न ढिलाइ भएको उनले बताए ।

उनले भने,–‘जाडो कुनै एक सिजनमा जाने कुरा होइन । त्यसैले सिरक बाँड्न छुट्ट्याएको बजेट फ्रिज हुनबाट बचाउन र आफ्नो वडावासीले सुविधा समेत पाओस् भन्ने उद्देश्यले चैतमै भए पनि सिरक बाँडेको छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप