सात महिनामा विदेशबाट साढे ४१ करोड रुपैयाँको काजु आयात

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालबाट काजु आयातमा साढे ४१ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ महिनासम्मको अवधिमा उक्त मूल्यको काजु आयात भएको हो । यस अवधिमा ६लाख ३३ हजार किलोग्राम काजु आयात भएको तथ्यांकले देखाएको छ । काजु आयातकर्ताले यसबापत राज्यलाई २० करोड रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले विदेशबाट १ अर्ब १७ करोड रुपैयाँको काजु आयात गरेको थियो । उक्त अवधिमा नेपालमा १४ लाख किलोग्राम काजु भित्रिएको थियो । यस्तै, यसबापत राज्यले ३७ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । उक्त अवधिमा नेपालमा सबैभन्दा धेरै चीन, भारत, नाइजेरिया, सिंगापुर लगायतका देशबाट काजु आयात भएको थियो । भारतबाट सबैभन्दा धेरै ५० करोड रुपैयाँको काजु आयात हुँदा मोजाम्बिकेबाट २५ करोड रुपैयाँको काजु आयात भएको थियो ।
यस्तै, भियतनामबाट २६ करोड ८३ लाख रुपैयाँको र नाइजेरियाबाट ११ करोड ६० लाख रुपैयाँको काजु आयात हुँदा चीनबाट १५ लाखको काजु भित्रिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कोकिन कारोबारमा संलग्न दुई भारतीय महिला पक्राउ, नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट तस्करी
-
प्रधानमन्त्रीलाई ओलीको प्रश्न : किन विदेश जाँदै हुनुहुन्छ, दावेदारी कि तावेदारी ?
-
चार हजारभन्दा बढी अफगान शरणार्थी घर फर्किए
-
फिलिपिन्स पानीजहाज आगलागी : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ७ जना बेपत्ता
-
तरकारी खेतीबाट वार्षिक १२ लाख आम्दानी
-
सलमान खानलाई बम्बे उच्च अदालतबाट ठुलो राहत, के हो घटना ?