मृतक सिंहको परिवारलाई क्षतिपूर्ति दिन जापानी अदालतको आदेश
जापान । जापानी अदालतले छ वर्षअघि प्रहरी हिरासतमा निधन भएका नेपाली अर्जुनबहादुर सिंहको परिवारलाई क्षतिपूर्ति दिन आदेश दिएको छ । तत्कालीन समयमा महानगरीय प्रहरी विभागले पक्राउ गरी हिरासतमा उनीमाथि यातना दिएको थियो भने सोही क्रममा निधन भएको थियो । टोकियो जिल्ला अदालतले परिवारलाई करिब १० लाख येन क्षतिपूर्ति दिन महानगरीय प्रहरी विभाग इन्चार्ज व्यक्तिको नाममा आदेश दिएको हो ।
सिंहको मृत्यु राजधानीको सिन्जुकु वडाको प्रहरी चौकीमा भएको थियो । हिरासतमा नाडी र खुट्टालाई नायलन बेल्ट ह्यान्डकफले बाँधेको पाइएको अदालतको भनाइ छ । यस्तै सुरक्षा प्रिभेन्सन टुल भनिने औजारले कसिएको र उचित उपचार उपलब्ध गराउन प्रशासन असफल भएको अदालतको ठहर छ ।
सिंह २०७२ चैत १४ गते अरू कसैको क्रेडिट कार्ड हिनामिना गरेको आरोपमा पक्राउ परेका थिए । भोलिपल्ट बिहान आरोपी सिंह हिरासत बाहिर निस्कन खोज्दा प्रहरी चौकीमा हात खुट्टामा बेल्ट र डोरीले शरीरलाई जोगाउनका लागि ‘प्रिभेन्सन टुल’ भनिने औजारले कसिएको थियो। उनको नाडी र खुट्टा नायलन बेल्ट ह्यान्डकफले बाँधेर सुरक्षा कोठामा करिब दुई घण्टासम्म राखिएको थियो। धातुको ह्यान्डकफ हटाई टोकियो जिल्ला सार्वजनिक अभियोजकको कार्यालयमा स्थानान्तरण गरिसकेपछि उनले होश गुमाएर मृत्यु भएको थियो।
यसैबीच फैसलापछि आयोजित पत्रकार सम्मेलनमा सिंहका वकिल मोतोहितो कावाकामीले उक्त आदेशको आलोचना गरेका छन् । पत्रकार सम्मेलनमा वकिल रयुतारो ओगावाले भने, ‘हामीले मुद्दा जितेका भए पनि अदालतले क्षतिपूर्तिको रकम घटाउन नेपाली कानुन प्रयोग गर्नु अव्यवहारिक छ र मानवअधिकारका हिसाबले पनि यो निकै निराशाजनक छ ।’ पीडितको तर्फबाट भने ६१ करोड ८३ लाख येन क्षतिपूर्ति मागदाबी सहित मुद्दा दायर भएको थियो ।
जापानबाट खगराज गौतम
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार, मापदण्ड विपरीत सञ्चालन भएको खुलासा
-
न्याय माग्दै डाक्टरहरूद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो : सञ्चारमन्त्री तिमिल्सिना
-
हलेसीमा विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर हस्तान्तरण
-
धूमिलका तीन कविता
-
लेबनानमा शान्ति रक्षकको हत्या भएको घटनाको राष्ट्रसङ्घद्वारा निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण