आइएमई पेले ल्यायो नयाँ अफर– ईयरबड्स जित्ने मौका

काठमाडौं । ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ । जसअनुसार चैत १ देखि १५ गते सम्म यो अफर चल्नेछ । यस अफरमा ग्राहकहरूले विभिन्न माध्यम, जस्तै लिङ्क गरेको बैंकको खाताबाट, एम–बैन्किङ वा इ–बैन्किङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरूले सामसुंंग ग्यालेक्सी बड्स २ जित्ने मौका पाउनेछन् ।
यसका साथै, हरेक दिन कम्तीमा १ पटक सोही माध्यमहरूबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले रु. १००० जित्ने मौका पनि पाउने कम्पनीले जनाएको छ । सो रकम विजेताको वालेटमा लोड हुने जनाइएको छ ।
यो अफर ग्राहकवर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर