अरुण नदीमा दुर्घटनाबाट जोगियो ‘फेरी’
मंगलबार, ०७ चैत्र २०७९, १७ : ०५

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका स्थित अरुण नदीमा गाडी तार्न प्रयोग गरिने ‘फेरी’ दुर्घटनाबाट जोगिएको छ । मंगलबार एउटा बस र ३ वटा बोलेरो तार्ने क्रममा लच्केर एउटा बोलेरोको चक्का फेरीबाट बाहिर निस्केर फेरीको फलाममा ठोक्किएको थियो ।
मे.१ ज २५६८ नम्बरको बोलेरो अरुण नदीमा खस्न खोजेपछि फेरीलाई ब्याक गरेर नजिकै रहेको झोलुंगे पुल नजिक रोकेर यात्रुलाई ओरालिएको भोजपुरका डिएसपी शरद थापाले रातोपाटीलाई बताए । उनले भने–‘यात्रुलाई ओरालेर सुरक्षित तवरले फेरीलाई नदी पार गराइएको छ ।’
सो फेरी षडानन्द नगरपालिकाले आफ्नै व्यवस्थापनमा सञ्चालनमा ल्याएको हो । भोजपुर र सङ्खुवासभा वारपार गर्ने सवारी अरुण नदीमा फेरी मार्फत तारिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री दाहाललाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्
-
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु
-
भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड
-
जनकपुरधाममा राष्ट्रपति पौडेलको नागरिक अभिनन्दन हुने
-
८२ प्रतिशत कर्णालीबासी खाना पकाउन काठ–दाउरामै निर्भर !