आयात–निर्यात दुवै घट्यो, १० खर्बको आयात हुँदा १ खर्बको निर्यात
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा नेपालले १० खर्ब ५८ अर्ब ८५ करोड रुपैयाँको आयात गरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात गरेको हो ।
गत आर्थिक वर्षको यहि अवधिमा नेपालमा १३ खर्ब ८ अर्ब रुपैयाँको आयात भएको थियो । यो चालू आर्थिक वर्षको यही अवधिको तुलनामा १९.१३ प्रतिशतले कम हो । यस्तै, यस अवधिमा नेपालबाट १ खर्ब ४ अर्ब रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब ४७ अर्ब रुपैयाँको निर्यात भएको थियो । जुन, चालू आर्थिक वर्षको तुलनामा २९.०७ प्रतिशतले बढी हो ।
नेपालको आयात र निर्यात नै घटेपछि वैदेशिक व्यापार घाटा पनि घटेको छ । ८ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार १७ प्रतिशतले खुम्चिएको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ छ । जुन, गत आर्थिक वर्षको यही अवधिमा ११ खर्ब ६० अर्ब रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण