लुम्बिनी प्रदेश : कपिलवस्तुमा पाँच दलको बैठक बस्दै
बिहीबार, ०९ चैत २०७९, १३ : २५

दाङ । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिने तयारीसहित सरकारमा सहभागी पाँच दलको बैठक कपिलवस्तुमा बस्ने भएको छ । बैठकमा नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, जसपा, लोपसा र ३ स्वतन्त्र सासंदले समर्थन फिर्ता लिने बिषयमा छलफल हुने बताइएको छ ।
दिउँसो बस्ने बैठकमा समर्थन फिर्तासहित सरकारको नेतृत्व बारेमा छलफल हुन लागेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेत राजकुमार चौधरीले जानकारी दिए । बैठकमा प्रतिपक्ष दल नेपाली कांग्रेस समेत सहभागी हुने भएको छ ।
कपिलवस्तुको होटेल पवनदिपमा बस्न लागेको बैठकले समर्थन फिर्ता सहित सरकारको नेतृत्वको विषय पनि टुङ्गो लगाउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन–आश्रित दिवस : बल्खुमा रहेको प्रतिमामा नेताहरूद्वारा माल्यार्पण (तस्बिरहरू)
-
शोधपत्र बुझाउन बाँकी विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयले दियो अन्तिम मौका
-
तस्बिरमा हेर्नुहोस् नागढुंगाको विकल्प धार्के–सीतापाइला सडक
-
कतारका विशेष दूतसँग विपीन जोशीको रिहाइबारे पुनः आग्रह
-
रोकिएको आईपीएल आजबाट सुरु हुँदै, यस्तो छ तालिका
-
आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै