बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जोन वीक च्याप्टर ४’ आजबाट नेपालमा रिलिज

शुक्रबार, १० चैत २०७९, ११ : ०२
शुक्रबार, १० चैत २०७९

काठमाडौंँ । आजबाट हलिउड फिल्म ‘जोन वीक च्याप्टर ४’ रिलिज भएको छ । नेपालका मल्टिप्लेक्स हलबाट फिल्म प्रदर्शनमा आएको हो । फिल्म नेपाल रिलिज अधिकार सिंंहदेवी प्रोडक्सनले लिएको छ । नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा ‘जोन वीक ४’ को राइट्स खरिद गरेको सिंहदेवी प्रोडक्सनका सञ्चालक जुनिम गहतराजले बताए ।

केइनु रिभ्स स्टारर फिल्म विश्वभरका दर्शकमाझ निकै प्रतिक्षित छ । रिलिज अगाडि फिल्मको पूर्व युकेमा गरिएको प्रिमियरमा पनि निकै राम्रो प्रतिक्रिया मिलेको थियो । जसको कारण पनि यो फिल्म दर्शक माझ निकै प्रतिक्षित बनेको हो ।  फिल्म भारत, चिन, युके र अमेरिकी बक्स अफिसमा उछाल ल्याउने अपेक्षा छ । फिल्म चाड स्थेलेस्कीले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप