शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
पेरिस । फ्रान्सका प्रशिक्षक डिडिए डेसचाम्प्स आफ्नी आमाको निधनपछि स्वदेश फर्किने भएका छन् । यससँगै नर्वेविरुद्ध हुने आफ्नो टोलीको समूह ‘आई’ को अन्तिम खेल अनुपस्थित हुने भएका छन् । फ्रान्सेली फुटबल महासंघले मंगलबार यसको घोषणा गरेको हो ।
‘डिडिए डेसचाम्प्स शुक्रबार हुने समूह ‘आई’ को अन्तिम खेलमा बेन्चमा उपस्थित हुने छैनन्,’ महासंघले विज्ञप्तिमा जनाएको छ, ‘आज बिहान प्रशिक्षकले आफ्नी आमाको निधन भएको दुःखद खबर पाउनुभयो । उहाँ अन्त्येष्टिमा सहभागी हुन फ्रान्स फर्किनुहुनेछ ।’
डेसचाम्प्सको अनुपस्थितिमा उनका सहायक प्रशिक्षक गाय स्तेफानले ५७ वर्षीय मुख्य प्रशिक्षक फर्किन्जेल टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।
सेनेगलमाथि ३–१ र इराकमाथि ३–० को जित निकाल्दै फ्रान्स यसअघि नै अन्तिम ३२ मा पुगिसकेको छ । अब टोलीले शुक्रबार म्यासाचुसेट्स राज्यको फक्सबरोमा एर्लिङ हालान्डको नर्वेविरुद्ध खेल्दा समूह विजेता बन्ने लक्ष्य राख्नेछ ।
डेसचाम्प्सका लागि यो फ्रान्सको प्रशिक्षकका रूपमा अन्तिम प्रतियोगिता हो । उनको १४ वर्षे कार्यकालमा फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो । यद्यपि सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा तथा युरो २०१६ को फाइनलमा पोर्चुगलसँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपमहानगरउन्मुख वीरेन्द्रनगरः फेरि मापदण्ड पूरा भएको दाबी, आधुनिक सहरको विकासमा जोड
-
संवैधानिक परिषद् अध्यादेशको विवाद टुङ्गियो, रिट दर्ताको बाटो बन्द
-
पासपोर्ट र भिसाबिनै नेपालमा बस्दै आएका २४ बङ्गलादेशी नागरिक पक्राउ
-
माछा मार्ने क्रममा फेवातालमा डुबेर एक जनाको मृत्यु
-
कोशीकी सांसद निर्मला लिम्बूलाई हटाएर कसलाई सांसद बनाउँदैछ जसपा ?
-
इलामका ५३ चिया उद्योग खोल्ने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण