बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

युद्धअघि कै स्तरमा झर्‍यो विश्व बजारमा कच्चा तेलको मूल्य

बुधबार, १० असार २०८३, १६ : २७
बुधबार, १० असार २०८३

सारांश

  • विश्व बजारमा कच्चा तेलको मूल्य इरान युद्ध सुरु हुनुअघिको स्तरभन्दा तल झरेको छ ।
  • ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७६ अमेरिकी डलरभन्दा तल झरेर करिब ७५ डलर ५० सेन्टसम्म आएको थियो ।
  • विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू स्ट्रेट अफ होर्मुज हुँदै तेल ट्याङ्करहरूको आवागमन चाँडै सामान्य अवस्थामा फर्किने अपेक्षामा छन् ।

न्युयोर्क । विश्व बजारमा कच्चा तेलको मूल्य इरान युद्ध सुरु हुनुअघिको स्तरभन्दा तल झरेको छ । बुधवार बिहान ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ७६ अमेरिकी डलरभन्दा तल झरेर करिब ७५ डलर ५० सेन्टसम्म आएको थियो, जुन फेब्रुअरी २७ यताकै सबैभन्दा न्यून स्तर हो । 

अमेरिकी तेलको मापदण्ड वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) को मूल्य पनि घटेर प्रति ब्यारेल ७२ डलर शून्य ३ डलर सम्म पुगेको बताइएको छ, जुन मार्च ३ पछिकै सबैभन्दा कम हो ।

विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू अहिले स्ट्रेट अफ होर्मुज हुँदै तेल ट्याङ्करहरूको आवागमन चाँडै सामान्य अवस्थामा फर्किने अपेक्षामा छन् । यही आशावादका कारण तेल बजारमा युद्धसँग सम्बन्धित जोखिमको प्रभाव घट्दै गएको छ । 

बजार विश्लेषक टिम वाटरका अनुसार तेलको मूल्य घट्नुको मुख्य कारण इरानी तेल पुनः विश्व बजारमा आउन सक्ने सम्भावना र स्ट्रेट अफ होर्मुजा अवस्था सामान्य बन्दै जानु हो । उनका अनुसार यदि प्रतिबन्धहरू थप खुकुलो बनाइएमा इरानले ट्याङ्करहरूमा भण्डारण गरिएको ठुलो परिमाणको तेल केही साताभित्रै निर्यात गर्न सक्नेछ ।

युद्धका क्रममा इरानले प्रभावकारी रूपमा स्ट्रेट अफ होर्मुजमा आवागमन रोक लगाएपछि सयौँ तेल ट्याङ्कर र ११ हजारभन्दा बढी कर्मचारी फारसी खाडी क्षेत्रमा अलपत्र परेका छन् । युद्धअघि विश्वभर खपत हुने तेलको झन्डै २० प्रतिशत, अर्थात् दैनिक २ करोड ब्यारेल तेल यही जलमार्ग भएर ओसारपसार हुने गरेको थियो ।

हालै अमेरिका र इरानबिच भएको सहमतिपछि स्ट्रेट अफ होर्मुजबाट व्यावसायिक जहाजहरूको आवागमनलाई ६० दिनसम्म शुल्क रहित रूपमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ । त्यसपछि यस क्षेत्रमा समुद्री यातायात उल्लेखनीय रूपमा बढेको छ र पहिले रोकिएका धेरै तेल ट्यांकरहरू पुनः बाहिरिन थालेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप