गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादीले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेका छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको माओवादीका एक संसदले बताए । ‘सरकार र समर्थन दुवै फिर्ता लिने निर्णय भएको छ । तर, एकपटक कांग्रेससँग पनि छलफल गर्नुपर्ने भएकाले संयुक्त बैठकपछि मात्र निर्णय सार्वजनिक हुन्छ,’ ती संसदले भने ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार चुमानलाई सरकारबाट बाहिरन र समर्थन पनि फिर्ता लिन निर्देशन दिएका थिए । सोहीअनुसार शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
माओवादीबाट खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्री छन् । माओवादी संसदीय दलका नेता चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जग्जाली उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री छन् । दुवैले आजै मुख्यन्त्री खगराज अधिकारीलाई भेटेर राजीनामा दिने तयारी छ । माओवादीले समर्थन फिर्ता लिएसँग गण्डकी सरकार अल्पमतमा परेको हो । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन फुटेपछि गण्डकी प्रदेश सरकार धर्मराएको थियो ।
आजै मुख्यमन्त्री खगराज अधिकारीलाई दुवै मन्त्रीले राजीनामा बुझाउने र समर्थन पनि फिर्ता लिने तयारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर