आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

प्रदीप सरकारले ७५ पटक अडिसनमा रिजेक्ट भइसकेकी विद्या बालनलाई यसरी बनाए स्टार

शुक्रबार, १० चैत २०७९, १४ : ४५
शुक्रबार, १० चैत २०७९

‘भुल भुलैया’, ‘इश्किया’ देखि अघिल्लो वर्ष रिलिज भएको ‘शेरनी’ र ‘जालसा’ सम्म उनको एक–एक प्रस्तुति उत्कृष्ट अभिनयको एक उदाहरण हो । आज विद्याको क्षमतासँग धेरै जना परिचित छन् । तर यी दमदार नायिकाका लागि पहिलो हिन्दी फिल्म पाउनु एउटा निकै ठुलो सङ्घर्ष थियो । अन्तत, ‘ परिणीता’ फिल्मका निर्देशक प्रदीप सरकारले निर्माता विधु विनोद चोपडालाई एउटा सानो परिवर्तन सुझाए । त्यसपछि थुप्रै पटक अडिसनमा रिजेक्ट भइसकेकी विद्याले उनको पहिलो हिन्दी फिल्म पाइन् ।

प्रदीप सरकार अब हामीबीच छैन । उनको आजै (२४ मार्च) बिहान ३ बजेर ३० मिनेटमा निधन भएको छ । उनको नाम सिनेमामा क्षमतावान् हस्तीमा सूचीकृत थियो । निर्देशनमार्फत् मात्रै होइन, सम्पादन र लेखनमार्फत पनि उनले सिनेमामा आफ्नो बहुमूल्य योगदान दिए । 

लगातार अस्वीकार भइरहेकी थिइन् विद्या

९० को दशकको चर्चित सिरियल ‘हम पांच’ मा विद्या बालनले एक किशोरीको भूमिका निभाएकी थिइन् । यो भूमिकाका कारण नै ग्रेजुएशनका बेला नै उनले मलयालम इन्डस्ट्रीका सुपरस्टार मोहनलालको फिल्म ‘चक्रम’ मा मुख्य भूमिका पाइन् । ठुला अभिनेतासँग मुख्य भूमिकाको फाइदा विद्याले पाइन् र फटाफट १२ मलयालम फिल्मका लागि साइन गरिन् । तर यता ‘चक्रम’ मा काम रोकियो ।

त्यति बेला मोहनलाल ठुला कलाकार थिए र उनको फिल्म बन्द हुनु साधारण घटना थिएन । चक्रम बन्द भएपछि उद्योगका मानिसहरूले विद्यालाई ‘अभागी’ को तक्मा दिए । मोहनलालसँग काम गर्दा उनले जुन फिल्म पाएकी थिइन्, ती सबै फिल्मबाट उनलाई हटाइयो । तर यो सिलसिला मलयालम उद्योगसम्म मात्रै सीमित नभई ‘बाला’ र ‘रन’ जस्ता तमिल फिल्ममा पनि विद्यासँग यस्तै भयो ।

तर यति बेला उनले टिभी सिरियल, एड फिल्म्स र म्युजिक भिडियोमा काम गर्न जारी राखे । कतिपय एड फिल्म र म्युजिक भिडियोलाई प्रदीप सरकारले निर्देशन गरे । जुन प्रोजेक्टमा यी दुईले सँगै काम गरे त्यसमा पलास सेनको ब्यान्ड युफोरियाको म्युजिक भिडियो ‘कभी आना तू मेरी गली’ पनि थियो ।

vidya1विद्या, परिणीता र प्रदीप सरकार

फिल्ममा काम पाउनका लागि विद्या लगातार सङ्घर्ष गरिरहिन् र यसै सिलसिलामा उनी फिल्म निर्माता विधु विनोद चोपडाको कार्यालयमा पुगिन् । त्यति बेला उनी परिणीताका लागि कास्टिङ गरिररहेका थिए । परिणीताका सङ्गीत निर्माता शान्तनु मोइत्राले मुम्बई मिररसँगको कुराकानीमा विधुको अफिसमा जब विद्यालाई उनीहरुले भेटे, त्यति बेलासम्म उनी करिब ७५ पटक अडिसनमा रिजेक्ट भइसकेकी थिइन् ।

शान्तनुका अनुसार विद्याले जुन दिन उनलाई भेटिन्, त्यस दिन उनी बेलुकाका चर्चित गायक ब्रायन एडम्सको कन्सर्टमा जाने योजना बनाइसकेकी थिइन् । तर उनी प्रदीप सरकारले बोलाउँदा ‘अन्तिम पटक’ अडिसनका लागि गएकी थिइन् । प्रदीप सरकारले विधुलाई ‘फिल्मको नायिकाका लागि एउटा नयाँ लुक ट्राई गर्नुपर्ने किनभने पहिलाका खासै प्रभावकारी देखिएका थिएनन्’ भने । विद्याले थुप्रै पटक अस्वीकार झेलिसकेकी थिइन् । उनलाई यसका लागि बानी नै परिसकेको थियो । अडिसनबाट छानिने कुरामा उनलाई अलिकति पनि आस लागेको थिएन ।

‘ललिता’ भेटिइन् !

दैनिक भास्करसँगको एक कुराकानीमा प्रदीप सरकारले ‘परिणीता’ का कास्टिङको किस्सा याद गर्दै विधुले १३–१४ पटक विद्याको टेस्ट लिएको बताए । १५ औँ पटक आफ्नी श्रीमतीलाई बोलाएर भनेका थिए, ‘हेर त, मेरी ललिता भेटिइन् ।’ उता विद्यालाई यस पटक पनि रिजेक्ट हुने कुरामा यति विश्वास थियो कि उनले प्रदीपको फोन नै उठाइनन् । उल्टै, कन्सर्टमा रमाइलो भइरहेका बेला किन डिस्टर्ब गरेको होला भन्ने उनलाई लाग्यो । शान्तनु मोइत्राले भने, ‘कसैले विद्यालाई ‘तिमी परिणीता बनेकी छौ, यो सङ्घर्षमा अब विराम लागेको छ’ भनेर मेसेज पठाए । ’ विद्या कन्सर्ट बाहिर आइन् र घुँडा टेकेर रुन थालिन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप