देशको वर्तमान अवस्थाबाट सन्तुष्ट हुने ठाउँ छैन : डा. बाबुराम भट्टराई
सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा देशको अवस्था ठिक नरहेको टिप्पणी गरेका छन् ।
अहिले देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढङ्गले अघि नबढेकाले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको उनले बताएका हुन् ।
पार्टीको प्रशिक्षण भेलाका लागि सुर्खेत आएका उनले पत्रकारसँग कुरा गर्दै वर्तमान सरकारको काँधमा शान्ति प्रक्रियाका बाँकी कामहरूलाई पूर्णता दिने र देशलाई समृद्धिको दिशातिर अग्रसर गराउनुपर्ने जिम्मेवारी रहेको बताए । यद्यपि वर्तमान गठबन्धन लामो समयसम्म टिक्नेमा भने उनले पूर्ण रूपमा विश्वास गरेका छैनन् ।
‘राजनीतिक भनेको पावर केन्द्र हो,’ भट्टराईले भने,‘ कति बेला के हुन्छ भन्ने थाह हुँदैन, यो सरकार स्थिर भएर अगाडि बढ्नुपर्छ भन्ने नै हो ।’
माओवादीसँग एकता हुने सम्बन्धमा उनले वार्ता टोली बनाएर छलफल जारी रहेको बताए । दुईवटा पार्टी भन्दा पनि त्यो बाहेक अरु कम्युनिस्ट दलहरुसहितको एउटा समाजवादी धारा निर्माण गर्नुपर्छ भन्ने पक्षहरु पनि रहेको उनको भनाइ छ । ‘ जुन अहिलेका लागि आवश्यक पनि छ,’ उनले थपे ,‘समाजवादी धार निर्माण गर्नेबारे पनि वृहत् छलफल भइरहेको छ । केन्द्रमा सरकारले पूर्णता पाएपछि यो विषयमा छलफल हुन्छ ।’
एक फरक प्रसङ्गमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दा शान्ति प्रक्रियाको मर्म विपरीत भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण