वुमन्स ओलम्पिकको छनोट खेलका लागि भियतनामको टोली नेपाल आउँदै
काठमाडौँ । अखिल नेपाल फुटबल संघले वुमन्स ओलम्पिक फुटबल टुर्नामेन्ट पेरिस २०२४ अर्न्तगत एसियन क्वालिफायर राउन्ड एक का खेलहरू सञ्चालन गर्ने भएको छ । यही चैत २२ र २५ गते नेपाल र भियतनामको राष्ट्रिय महिला टोली सम्मिलित छनोट खेलहरू सञ्चालन गर्न लागेको हो ।
एन्फाले नेपाल र भियतनामबीचको दुवै खेल दशरश रंगशालामा साँझ ६ बजे हुने जानकारी दिएको छ । प्रतियोगिताका लागि सहभागी हुन भियतनामको राष्ट्रिय महिला टोली अप्रिल ३ तारिखमा नेपाल आइपुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
नेपाली राष्ट्रिय महिला टोली सो प्रतियोगिताको तयारीको लागि हाल बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगिताको लागि एन्फाले एमडीएसी स्पोर्टससँग मार्केटिङ र ब्रोडकास्टिङ अधिकारको लागि सम्झौता गरिसकेको छ । प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ रु ३०० र भीआइपी पारापिटतर्फ रु १००० टिकट दर तोकिसकेको छ । खेलका टिकटहरू खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरूबाट पनि किन्न सकिने छ ।
प्रतियोगिताको अनुमानित बजेट करिब ४३ लाख रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर