आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

झण्डै ४ प्रतिशत घरपरिवार अझै खरको छानामुनि

सोमबार, १३ चैत २०७९, १६ : २९
सोमबार, १३ चैत २०७९

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ ले कूल जनसंख्याको झण्डै ४ प्रतिशत घरपरिवार अझै घरको छानामुनि रहेको देखाएको छ । तथ्याङ्कअनुसार ३.९ प्रतिशत घरपरिवार अझै खर/पराल/छ्वालीबाट बनेको छानाको घरमा बस्ने गरेका छन् । तथ्याङ्कमा समेटिएका कूल ६६ लाख ६० हजार ८४१ घरपरिवार मध्ये ४१.९ प्रतिशत घरपरिवार जस्ता/टिन/च्यादरबाट बनेको छानामुनी बस्छन् भने ३७.८ प्रतिशत सिमेन्ट/ढलानबाट बनेको र ९.२ प्रतिशत घरपरिवार टायल/खपटा/झिँगटीबाट बनेको छानामुनि बस्छन् । 

यस्तै, ६.१ प्रतिशत घरपरिवार ढुङ्गा/स्लेटबाट बनेको छानामुनि बस्छन् भने ०.७ प्रतिशत माटोबाट,०.३ प्रतिशतको काठ÷फल्याकबाट र ०.१ प्रतिशतको छाना अन्य सामग्रीको प्रयोगबाट बनेको देखिन्छ । अघिल्लोपटक वि.सं. २०६८ सालको जनगणनामा २८.३ प्रतिशत परिवारको छाना जस्ता/टिन/च्यादरबाट, २६.७ प्रतिशतको टायल/खपटा/झिँगटीबाट, २२.५ प्रतिशतको सिमेन्ट/ढलानबाट, १९ प्रतिशतको खर/परालबाट बनेको देखिएको थियो ।

२.२३ प्रदेशगत रुपमा हेर्दा कोशी प्रदेशमा सबैभन्दा बढी (६९.८ प्रतिशत) परिवारका छानाजस्ता/टिन/च्यादरबाट, बागमती प्रदेशमा सबैभन्दा बढी (५७ प्रतिशत) सिमेन्ट ढलानबाट,मधेश प्रदेशमा सबैभन्दा बढी (३७.४ प्रतिशत) घरको छानाको बनोट टायल/खपटा/झिँगटीबाट बनेको देखिएको केन्द्रीय विभागको तथ्याङ्कले देखाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप