तुलसीपुर–लुहाम सुरुङ्गमार्ग बजेटमा समावेश गर्न माग

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तुलसीपुर–लुहाम सुरुङ्गमार्गलाई बजेटमा समावेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई परिपत्र गरेको छ। पूर्व मन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर बस्नेतले प्रधानमन्त्री कार्यालयमा निवेदन दिएपछि उक्त सुरुङ मार्ग बजेटमा समावेश गर्न लागिएको हो। आइतबार प्रधानमन्त्री कार्यालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै बजेटमा समावेश गर्न परिपत्र गरेको छ। यो सुरुङ मार्गले विकासको कोशेढुंगा सावित हुने दाबी बस्नेतको छ। सुरुङ मार्गका सम्बन्धमा प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराइएको थियो।
राप्ती राजमार्ग अन्तर्गत यो सुरुङ मार्ग बनाउन खोजिएको हो। पञ्चायतकलामा निर्माण भएको यो राजमार्ग पश्चिम नेपालको पुराने राजमार्ग हो। दाङको तुलसीपुर– सल्यानको लुहाम सडक खण्ड सबैभन्दा जोखिमयुक्त मोडहरू, कमजोर भुवनोट र साँघुरो सडक भएकाले सडक दुर्घटनाहरू बढ्दै आएका छन्। उक्त खण्ड करिब ४२ किलोमिटर दुर्घटनाका हिसाबले जोखिमपूर्ण मानिन्छ। जोखिमयुक्त यात्रालाई कम गर्न करिब १३ किलोमिटर तुलसीपुर–लुहाम वा तुलसीपुर – फेदी मध्य एक स्थानबाट सुरुङ खन्दा त्यहाँको जनताले राहत पाउने दाबी बस्नेतले गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर