एकीकृत समाजवादीले पाउने मन्त्रालय संख्याबारे बालुवाटारमा छलफल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका हुन् ।
सो क्रममा आफूहरुले पाउने मन्त्रालय संख्या बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डसँग समाजवादीका नेताहरुले तीन मन्त्रालय माग गरेका छन् ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महाससचिव घनश्याम भुसाल, उपमहासचिव प्रकाश ज्वाला गएका थिए ।
उनीहरुले गृह, अर्थ र परराष्ट्रमध्ये एक शक्तिशाली मन्त्रालय सहित तीन मन्त्रालय दिन दबाब दिएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले बताए । पार्टीबाट महत्वपूर्ण पदमा कोही नभएकाले शक्तिशाली मन्त्रालय सहित तीन मन्त्रालय पाउनुपर्ने समाजवादीका नेताहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण