नेपाली सेना र अमेरिकी सेनाबीच सम्वाद सम्पन्न
काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी द्विपक्षीय संवाद सम्पन्न भएको छ । यही चैत १३ देखि आजसम्म भएको उक्त संवाद मानवीय सहायता तथा विपद् उद्धार, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता दिने विषयमा केन्द्रित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
अमेरिकी सेनाको तर्फबाट एसिया प्यासिफिक कमाण्डका उपप्रमुख मेजर जनरल क्रिस्टोफर स्मिथ र नेपाली सेनाको तर्फबाट उपरथी अशोकराज सिग्देलले नेतृत्व गरेका थिए । संवादमा नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिसहित १४ र अमेरिकी टोलीका २२ जनाको सहभागिता थियो ।
यसैबीच, प्रधानसेनापति प्रभुराम शर्मासँग अमेरिकी टोली प्रमुख स्मिथले भेटवार्ता गरेको सेनाले जानकारी दिएको छ । उक्त वार्ता र संवादले नेपाल–अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण