नेपाली सेना र अमेरिकी सेनाबीच सम्वाद सम्पन्न

काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच चौथो संस्करणको स्थल सेनासम्बन्धी द्विपक्षीय संवाद सम्पन्न भएको छ । यही चैत १३ देखि आजसम्म भएको उक्त संवाद मानवीय सहायता तथा विपद् उद्धार, शान्ति कार्य सञ्चालन, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा पूर्ववत् सहयोगलाई निरन्तरता दिने विषयमा केन्द्रित रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
अमेरिकी सेनाको तर्फबाट एसिया प्यासिफिक कमाण्डका उपप्रमुख मेजर जनरल क्रिस्टोफर स्मिथ र नेपाली सेनाको तर्फबाट उपरथी अशोकराज सिग्देलले नेतृत्व गरेका थिए । संवादमा नेपाली टोलीमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधिसहित १४ र अमेरिकी टोलीका २२ जनाको सहभागिता थियो ।
यसैबीच, प्रधानसेनापति प्रभुराम शर्मासँग अमेरिकी टोली प्रमुख स्मिथले भेटवार्ता गरेको सेनाले जानकारी दिएको छ । उक्त वार्ता र संवादले नेपाल–अमेरिकाबीच रहँदै आएको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनीमार्गमा राजनीतिकलगायत प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
-
नीति सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित
-
४५० किलोको ग्यास सिलिन्डर आयात गर्नेबारे ग्यास बिक्रेता सङ्घको विरोध
-
शान्तिश्री परियारको नयाँ गीत ‘वनको तरुल’ सार्वजनिक
-
राज्यको लगानीमाथि जनताको निगरानी बढाउन सूचनाको हक अत्यावश्यक : राष्ट्रपति
-
प्रचण्डलक्षित सूर्य थापाको टिप्पणी, ‘सरकार ढल्ने वक्तव्यबाजीले ध्वनि प्रदूषण मात्रै बढ्यो’