२५ अर्बको सरकारी ट्रेजरी सोझै खरिद बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको सरकारी ट्रेजरीको सोझै खरिद बोलकबोल गर्ने भएको छ । बैंकले २०८० असार मसान्तसम्म भुक्तानी मिति भएको उक्त ट्रेजरीको चैत १६ गते बोलकबोल गर्ने भएको हो । बिहान १० बजेदेखि पहरान्ह ३ बजेसम्मका लागि ट्रेजरी बिलको बोलकबोल समय तोकिएको छ । ट्रेजरीको खरिद भने चैत १७ गते शुक्रबार हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्था, आम लगानीकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोल बमोजिमको वार्षिक प्रतिफल दर (यड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने बैंकले जनाएको छ । तर समान वार्षिक प्रतिफल दर भएमा बोलपत्रहरुको रकम समावेश गर्दा कूल निष्काशित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रुपमा (प्रो–रेट बेसिस्) बाँडफाँड गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर