२५ अर्बको सरकारी ट्रेजरी सोझै खरिद बोलकबोल गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको सरकारी ट्रेजरीको सोझै खरिद बोलकबोल गर्ने भएको छ । बैंकले २०८० असार मसान्तसम्म भुक्तानी मिति भएको उक्त ट्रेजरीको चैत १६ गते बोलकबोल गर्ने भएको हो । बिहान १० बजेदेखि पहरान्ह ३ बजेसम्मका लागि ट्रेजरी बिलको बोलकबोल समय तोकिएको छ । ट्रेजरीको खरिद भने चैत १७ गते शुक्रबार हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्था, आम लगानीकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।
सोझै खरिद बोलकबोलको रकम बाँडफाँट गर्दा बोल बमोजिमको वार्षिक प्रतिफल दर (यड रेट) गणना गरी सबभन्दा बढी प्रतिफल दर बोल गर्ने काउण्टर पार्टीलाई प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने बैंकले जनाएको छ । तर समान वार्षिक प्रतिफल दर भएमा बोलपत्रहरुको रकम समावेश गर्दा कूल निष्काशित रकमभन्दा बढी भएमा सो दरको बोल रकमलाई समानुपातिक रुपमा (प्रो–रेट बेसिस्) बाँडफाँड गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार र आयोजकबिच टकरावः कमजोरी क–कसको ?
-
फुटसलमा ४८ टोली, विश्वकपकै शैलीमा प्रतिस्पर्धा
-
एच–१बी भिसामा ट्रम्पले लगाएको १ लाख डलर शुल्क खारेज
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण