नयाँ वर्षमा दोलखाको हनुमन्तेमा मेला लाग्ने

दोलखा । नयाँ वर्ष २०८० सालको अवसरमा दोलखाको धार्मिक तथा पर्यटकीय स्थल हनुमन्तेमा एक दिने मेला लाग्ने भएको छ ।
जिल्लाको जिरी नगरपालिका, बैतेश्वर र गौरीशङ्कर गाउँपालिकाको सङ्गम स्थल हनुमन्तेश्वर डाँडामा दास्रो पटक १ दिने हनुमन्ते तथा लालीगुराँस मेला र नयाँ वर्ष को शुभकामना आदानप्रदानसहित सांस्कृतिक कार्यक्रम हुन लागेको हो। शिवका अवतार, शक्तिका प्रतीक,अष्ट सिद्धिका नायक हनुमानको प्राचीन स्थानको रूपमा परिचित हनुमन्ते क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनका लागि उक्त मेलाको आयोजना गर्न लागिएको हनुमन्ते पर्यटन विकास समितिका सदस्य सानु शेर्पाले जानकारी दिए।
मेलामा २५ जना भन्दा बढी झाँक्रीहरूबाट झाँकी नाच प्रदर्शन, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति,शेर्पा श्यार्बो नृत्य, विभिन्न क्लब तथा समूहहरूको वनभोज कार्यक्रम, पञ्चेबाजामा नृत्य प्रस्तुति, स्थानीय दोहोरी प्रतियोगिता,स्थानीय नृत्य प्रतियोगिता हुनेछन्। हनुमान मन्दिर परिसर, हनुमन्ते डाँडा मेले खावा डाँडाबाट ३ किलोमिटर माथि रहेको छ। मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेका वन हेरालु भन्छन्– ‘वन्यजन्तु बढ्दा डर लाग्दैन खुसी लागेको छ’
-
चिनियाँ तीन यात्री अन्तरिक्ष प्रस्थान
-
बालेन शाहको सांसदलाई व्यङ्ग्य : सांसद विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो
-
गणतन्त्रवादी रामराजाप्रसाद सिंहको त्यो राजतन्त्रविरोधी आवाज
-
प्रधानन्यायाधीश लगायतका नियुक्तिका लागि सुनुवाइ छिटो गर्नुपर्नेछ : सभामुख घिमिरे
-
संसदीय सुनुवाइ समिति बैठक प्रत्यक्ष प्रसारण गर्न माग