माओवादीबाट श्रेष्ठ गृह र बस्नेत उर्जामन्त्री
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट गृहमन्त्रीमा नारायणकाजी श्रेष्ठ र शक्ति बस्नेत उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री हुने भएका छन् । श्रेष्ठ मन्त्रालय सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा जाने भएका छन् भने बस्नेतले नयाँ मन्त्रीको रुपमा सपथ लिने भएका हुन् ।
पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा जाने भएका छन् । यस्तै पार्टीका उपमहासचिव बस्नेत उर्जा मन्त्री हुने भएका छन् । यसअघि तीन पटक मन्त्री भइसकेका बस्नेत चौथोपटक मन्त्रीको सपथ लिने भएका छन् ।
यस्तै सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको मन्त्रालय यथावत हुने भएको छ । उनले मन्त्रालय फेर्न प्रस्ताव गरेपछि प्रधानमन्त्री प्रचण्डले महिला वालवालिका मन्त्री बन्न आग्रह गरेका थिए । अन्तमा सामान्य प्रशासनमै बस्ने भएका छन् । यस्तै सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री सुदन किराँतीको मन्त्रालय समेत यथावत हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण