बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

खराब मौसमका कारण हवाई उडान प्रभावित, सिचुआन एयरलाइन्स अवतरण गर्न नसकेर फर्कियो

शुक्रबार, १७ चैत २०७९, १६ : ३५
शुक्रबार, १७ चैत २०७९

काठमाडौं । खराब मौसका कारण हवाई उडान प्रभावित हुन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) का अनुसार दिउँसो २ बजेदेखि बिग्रिएको मौसमले आन्तरिकसँगै केही अन्तर्राष्ट्रिय उडानहरु समेत प्रभावित हुन पुगेको हो । 

टीआइएका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार चीनको ट्यानुफू विमानस्थलबाट काठमाडौँका लागि आएको सिचुआन एयरलाइन्स खराब मौसमकै कारण ल्याण्ड गर्न नसकेर उतै फर्किएको छ । उडान तालिका अनुसार दिउँसो २:३० मा ल्याण्ड गर्ने समय तालिका भएपनि खराब मौसमका कारण ३:२४ सम्म आकाशमा नै होल्ड भएर विमान उतै फर्किएको छ । सिचुआन एयरलाइन्सले साउथबाट अवतरण गर्न खोजेपनि खराब मौसमका कारण भिजिबिलिटी कम हुँदा उतै डाइभर्ट भएको हो । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु समेत समयमा नै उड्न सकेका छैनन् । 

यता अधिकांश आन्तरिक (डोमेस्टिक) उडान प्रभावित भएकोमा धेरै उडानहरु रद्द भएको सिटौलाले रातोपाटीलाई जानकारी दिए । ‘धेरै आन्तरिक उडानहरु प्रभावित भएका छन् । केहीले उडान समय सारिरहेका छन् भने केही आजको उडान नै क्यान्सिल गरिसकेका छन् । कति उडान प्रभावित भए सो भने बेलुकासम्म तथ्याङ्क आउँछ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप