खराब मौसमका कारण हवाई उडान प्रभावित, सिचुआन एयरलाइन्स अवतरण गर्न नसकेर फर्कियो
काठमाडौं । खराब मौसका कारण हवाई उडान प्रभावित हुन पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) का अनुसार दिउँसो २ बजेदेखि बिग्रिएको मौसमले आन्तरिकसँगै केही अन्तर्राष्ट्रिय उडानहरु समेत प्रभावित हुन पुगेको हो ।
टीआइएका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार चीनको ट्यानुफू विमानस्थलबाट काठमाडौँका लागि आएको सिचुआन एयरलाइन्स खराब मौसमकै कारण ल्याण्ड गर्न नसकेर उतै फर्किएको छ । उडान तालिका अनुसार दिउँसो २:३० मा ल्याण्ड गर्ने समय तालिका भएपनि खराब मौसमका कारण ३:२४ सम्म आकाशमा नै होल्ड भएर विमान उतै फर्किएको छ । सिचुआन एयरलाइन्सले साउथबाट अवतरण गर्न खोजेपनि खराब मौसमका कारण भिजिबिलिटी कम हुँदा उतै डाइभर्ट भएको हो । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरु समेत समयमा नै उड्न सकेका छैनन् ।
यता अधिकांश आन्तरिक (डोमेस्टिक) उडान प्रभावित भएकोमा धेरै उडानहरु रद्द भएको सिटौलाले रातोपाटीलाई जानकारी दिए । ‘धेरै आन्तरिक उडानहरु प्रभावित भएका छन् । केहीले उडान समय सारिरहेका छन् भने केही आजको उडान नै क्यान्सिल गरिसकेका छन् । कति उडान प्रभावित भए सो भने बेलुकासम्म तथ्याङ्क आउँछ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू
-
बालेन्द्र शाहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य : सुवेदी
-
एकपटक पाएको मतका आधारमा दम्भ नदेखाउन सरकारलाई पन्तको चेतावनी
-
३० हजार किशोरकिशोरीलाई दादुराविरूद्धको खोप प्रदान गरिने
-
परराष्ट्रमन्त्रीको स्पष्टीकरण, ‘प्रधानमन्त्रीले उठाउनुभएको विषय दशगजा अतिक्रमणसँग सम्बन्धित हो’
-
उनकै शब्द सापटी लिँदै निश्कलले अर्थमन्त्री वाग्लेमाथि लगाए राजद्रोहको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण