ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन
बिहीबार, २८ जेठ २०८३, ११ : ५७
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख २१ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १०८ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४१, निषेधित क्षेत्रमा हर्न बजाउने १८६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५८, एकतर्फी सडकमा सवारी चलाउने ७७ र अन्य सवारी नियम पालना नगरेका एक हजार २८८ जनालाई कारबाही गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमाथि हर्क साम्पाङको टिप्पणी : खुट्टामा घाउ छ, उपचार नगर्ने तर नयाँ जुत्ता किन्ने ?
-
जेफ्री एप्स्टिनले व्यक्तिगत सम्बन्ध बनाउन खोजेको बिल गेट्सको दाबी
-
मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
-
‘मिस्टर एन्ड मिस एसइई सुपर मोडल’को उपाधि सिटौला र सिंहलाई
-
संसदमा पठाउने विधेयकबारे मन्त्रालयहरूसँग छलफल गर्दै कानुन मन्त्रालय
-
'सीमा क्षेत्रको बाटोलाई सरकारले बजेट दिएन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण