अमेरिकाको नयाँ भिसा बन्ड पाइलट कार्यक्रम घोषणा
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नयाँ भिसा बन्ड पाइलट कार्यक्रमको घोषणा गरेको छ, जसले केही भिसा आवेदकहरूका लागि प्रक्रियामा परिवर्तन ल्याउने अमेरिकाको दाबी छ । यो कार्यक्रम विशेषगरी भिसा अन्तर्वार्तापछि निर्धारण गरिएका योग्य आवेदकहरूका लागि लागु हुने भनिएको छ ।
कार्यक्रमले कसरी काम ?
भिसा अन्तर्वार्ता सफलतापूर्वक सम्पन्न भएपछि, योग्य ठहरिए कन्सुलर अधिकारीले भुक्तानी गर्न सीधा लिङ्कसहित विस्तृत निर्देशनहरू उपलब्ध गराउनेछन् । आवेदकले यो बन्ड रकम ३० दिनभित्र भुक्तानी गरिसक्नुपर्ने हुन्छ ।
बन्ड भुक्तानी गरेपछि आवेदकले अधिकतम ३ महिनाको अवधिका लागि मान्य हुने एकल–प्रवेश भिसा प्राप्त गर्नेछन् । भिसा धारकहरूले संयुक्त राज्य अमेरिकामा व्यापारिक हवाई प्रवेश नाकाहरू मार्फत प्रवेश गर्नुपर्ने हुन्छ ।
स्वदेश फर्किएपछि यदि भिसाका सबै शर्तहरू (जस्तैः अमेरिकामा काम नगरेको र तोकिएको समयमा प्रस्थान गरेको) पूरा गरिएको खण्डमा धरौटी रकम स्वचालित रूपमा रद्द गरिनेछ र भुक्तानी गरिएको रकम फिर्ता गरिनेछ ।
यो कार्यक्रमले भिसा प्रक्रियालाई थप व्यवस्थित बनाउने र भिसा नियमहरूको पालना सुनिश्चित गर्ने नेपालस्थित दूतावासले जनाएको छ । यससम्बन्धी थप जानकारीका लागि अमेरिकी दूतावासको वेबसाइट वा कन्सुलर विभागमा सम्पर्क गर्न सकिने पनि दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण