रौतहट प्रहरीद्वारा ९० लाखभन्दा बढीको फर्सीको बिउ बरामद
सारांश
- रौतहट प्रहरीले नेपाल-भारत सीमावर्ती क्षेत्रमा विशेष अपरेसन चलाएर ९० लाखभन्दा बढीको अवैध फर्सीको बिउ बरामद गरेको छ।
- प्रहरीले ३२२ बोरा (१२,८८० किलोग्राम) फर्सीको बिउ बरामद गरेको छ, जसको बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ छ।
- बिउ नियन्त्रणमा लिने क्रममा ढुंगामुढा गर्ने क्रममा ६ जना सामान्य घाइते भएका छन्।
रौतहट । रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा विशेष अपरेसन सञ्चालन गर्दै ९० लाख रुपैयाँ भन्दा बढीको अवैध फर्सीको बिउ बरामद गरेको छ। बरामद सामग्री भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी अवस्थामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ साढे ७ बजे बौधीमाई नगरपालिका–७ बाडका बंकुल टोल क्षेत्रमा छापा मारेको थियो। सीमावर्ती बाटो नजिक त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त ठुलो परिमाणमा फर्सीको बिउ फेला परेको हो।
प्रहरीले ३२२ बोरा फर्सीको बिउ (जम्मा १२ हजार ८८० किलोग्राम) बरामद गरेको जनाएको छ। बरामद बिउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको छ। बरामद सामग्री आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी गौतमले जानकारी दिएका छन्।
उक्त फर्सीको बीउ नियन्त्रणमा लिने क्रममा केही स्थानीय व्यक्तिहरूले अवरोध गर्दै ढुंगामुढा गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेको जनाएको छ।
घटनाका क्रममा ढुंगामुढाबाट तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी गरी कुल ६ जना सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडाइ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एक महिना अघि पनि तस्करहरूले नेपालबाट भारत तर्फ लागिरहेको करीब ७० लाख मूल्य बराबरको फर्सीको बीउ भारतीय सीमा सुरक्षा बल एसएसबीले भारत घोडासहन थानाक्षेत्र अन्तर्गत बरामद गरी कारबाहीको दायरामा ल्याएको थियो।
तस्करहरूले रौतहट र बाराको विभिन्न चोर नाकाहुदै चाईनिज फर्सीको बीउ भारतको विभिन्न प्रान्तमा तस्करीको माध्यमले पुर्याउने गर्दछन्। पछिल्लो समय भारतमा फर्सीको बीउ डाईटको रूपमा लिने गरेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
वडाध्यक्षहरूले सांसदलाई सोध्न थाले- 'हाम्रो वडाका योजनामा बजेट खै ?'
-
सेती पुलको दोस्रो पटक म्याद थप
-
पाँच वर्ष अन्योलपछि खिम्तीको सेयर हस्तान्तरण प्रक्रिया अघि बढ्यो, कसरी हुन्छ स्वामित्व हस्तान्तरण ?
-
रगतको अभाव हुन नदिन रक्तदान महोत्सव आयोजना हुने
-
रौतहट प्रहरीद्वारा ९० लाखभन्दा बढीको फर्सीको बिउ बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण