समाचार
‘सुराकी खर्च’ खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने गृहमन्त्री श्रेष्ठको निर्णय
मिटरब्याजीको समस्या समाधान गर्न आयोग
शुक्रबार, १७ चैत २०७९, २२ : ३०
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुराकीको नाममा लिँदै आएको खर्च खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेका छन् । शुक्रवार पदभार समालेपछि श्रेष्ठले सुराकीको नाममा गृहमन्त्रीले खर्च गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेका हुन् ।
अहिले सुराकी परिचालन गर्ने नाममा गृहमन्त्रीले ठूलो रकम खर्च गर्न पाउने व्यवस्था छ । उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याजी समस्या समाधान गर्न आयोग गठन गर्ने प्रस्ताव पनि मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।
उनले भने– ‘मिजरब्याजी समस्या समधान गर्न अधिकार सम्पन्न आयोग गठन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गर्नुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण