बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धिरज र जसिता अभिनित ‘आई एम ट्वान्टी वान’को यस्तो छ ‘योद्धा’ गीत

शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । नयाँ वर्षको वैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आई एम ट्वान्टी वान’ को ‘योद्धा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ ।

गीत अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङमा फिचरिङ गरिएको छ । गीतको भिडियोमा डान्सका लागि धिरज र जसिताको मिहिनेत देखिएको छ । युवापुस्तामाझ यो गीत लोकप्रिय हुने विश्वास निर्माणपक्षको छ ।

सुशान्त प्रजापतिको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । सोमनाथ खनाल र रेनशा राई रानाको यो फिल्ममा संवाद छ ।  प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको निर्माण रहेको फिल्म रेनशा राई रानाले निर्देशन गरेकी हुन् । आइकोर फिल्मस्को ब्यानरमा निर्माण गरिएको फिल्मको ट्रेलर छिट्टै ल्याउने निर्माण युनिटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया