न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि
काठमाडौँ । अबदेखि देशभरका सबै न्यायाधीशहरूले हरेक दुई महिनामा एक/एकवटा फैसलाको प्रमाणित प्रतिलिपि न्याय परिषद्मा पठाउनुपर्ने भएको छ ।
परिषद्ले मंगलबार सबै अदालत तथा न्यायाधीकरणहरूलाई परिपत्र गर्दै आफूले गरेका फैसलामध्ये प्रत्येक दुई महिनामा आफैँले चयन गरी फैसलाको प्रतिलिपि तथा सोको विद्युतीय कपी पठाउन भनेको हो ।
ती फैसला साउन र असोज महिनाबाहेक अन्य महिनामा गरेको हुनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ । परिषद्ले उच्च र जिल्लासहित विशेष, श्रम, उपभोक्ता, प्रशासकीय, बाल अदालत र सबै न्यायाधीकरणहरूमा सो परिपत्र गरेको हो ।
फैसला लेखनको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ वैशाख महिनादेखि लागू हुनेगरी हरेक दुई महिनामा फैसलाको प्रतिलिपि पठाउन परिपत्र गरिएको परिषद्का सहसचिव/प्रवक्ता अशोककुमार क्षेत्रीले बताए ।
परिषद्को वैशाख २५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण