बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’

मङ्गलबार, ३० वैशाख २०८२, १६ : २६
मङ्गलबार, ३० वैशाख २०८२

काठमाडौँ । सरकारले बनेपामा निर्माण गर्न लागेको फिल्म स्टुडियो ‘सिनेपाः’को निर्माण शुभारम्भ भएको छ । मङ्गलवार प्रधानमन्त्री निवास बालुवाटारका आयोजित एक कार्यक्रम बिच प्रधानमन्त्री केपी शर्मा ओलीले स्टुडियो निर्माण शुभारम्भ गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले फिल्म स्टुडियो ‘सिनेपाः’ले नेपाली फिल्म क्षेत्रमा नयाँ मोड ल्याउने बताए । उनले स्टुडियो मात्रात्मक भन्दा पनि गुणस्तरका हिसाबले विकास गरिएको उनको भनाई रहेको थियो ।

‘फिल्म सुटिङमा आफ्नै इन्डोर स्टुडियोका लागि ६० वर्ष किन पर्खनुपर्‍यो’, प्रधानमन्त्री ओलीले भने ‘म पहिलेदेखि सरकारमा भएको हिसाबले स्टुडियो निर्माणमा ढिलो भएकोमा आफ्नो कमजोरी महसुस गर्छु ।’

जमिन खोज्यो मुद्दा पर्छ, अर्को स्टेप चाल्यो अर्को मुद्दा पर्छ । नेपाल यस्तै छ भन्दै प्रधानमन्त्री ओलीले थपे, ‘सिनेजगतले दोलखामा फिल्म सिटी बनाउने भनेर लागि रहेको छ । हप्तामा दुई दिन घाम लागे धन्यवाद, दिउसै पनि बत्ती नबाली फिल्म खिच्न पाइयो भने खुसी ।’ प्रधानमन्त्री ओलीले आफूले पालुङटारमा फिल्म सिटी बनाउन त्यहाँ गजब हुन्छ भनेर पहिलै भनेको कुरो दोहोर्‍याए । त्यहाँ पृष्ठ भागमा हिमाल समेत देखिने उनको भनाई थियो ।

कार्यक्रममा चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसी, चलचित्रकर्मी लगायतको उपस्थिति रहेको थियो । सरकारले निर्माण गर्न लागेको यो नेपालको पहिलो अत्याधुनिक सुटिङ स्टुडियो हो । स्टुडियोका नाम ‘सिनेपाः’ राखिएको छ । 

‘सिनेमा’ र नेवार समुदायले ‘नेपाल’लाई बोलाउने शब्दबाट मिलाएर स्टुडियोको नामाकरण गरिएको हो । सन् २०२६सम्म निर्माण सम्पन्न हुने लक्ष्यको साथ बनेपा नगरपालिकाको वडा नम्बर १० र ११ मा बन्न लागेको स्टुडियो दसैँपछि निर्माता निर्देशकले फिल्म खिच्न पाउने बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।

२०८१ सालको असार २८ गतेको मन्त्रिपरिषद् बैठकले अत्याधुनिक फिल्म छायाङ्कन स्टुडियो निर्माणका लागि बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो । 

स्टुडियोको लागत ३९ करोड रुपैयाँ छ । तर अहिले १० करोडको बजेटमा निर्माण थालनी हुन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप