मिटरब्याजी पीडितको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी पीडितको समस्या कुनै पनि हालतमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले मिटरब्याजी पीडितसँग गरेको सहमतिबारे जानकारी गराउँदै मन्त्री श्रेष्ठले मिटरब्याजी र पीडितहरूबारे अध्ययन गर्न आयोग बनाउन लागेको जानकारी दिए ।
उनले भने– ‘हामीले मूलभूत रूपमा सामन्तवादलाई अन्त्य गरे पनि यो दुःखद कुरा हो कि एक्काइसौँ शताब्दीको लोकतान्त्रिक व्यवस्थामा पनि नेपालमा सामन्तवादको अवशेष अत्यन्तै गम्भीर रूपमा विद्यमान छ । त्यो अवशेषको एउटा रूप मिटरब्याजी पनि हो । सतहमा पीडितहरूले सडकमा आन्दोलन पनि गरिरहेका छन् र समाधानका लागि सरकारले समाधानको पहल पनि गरिरहेको छ तर त्यो पर्याप्त भएन । त्यसकारण यो समस्यालाई कुनै हर हालतमा हामीले समाधान गर्नै पर्छ । जुन नागरिक मिटरब्याजीको पीडामा परेका छन्, तिनीलाई न्याय दिनुपर्ने छ । त्यसकारण यो मिटरब्याज पीडितहरूको आन्दोलनप्रति र उहाँहरूको आवाजप्रति सरकार पूरै गम्भीर रहेको छ ।’
उनले केही वर्षपहिले सर्लाहीमा भएको मिटरब्याज पीडितहरूको आन्दोलनमा आफू पनि सहभागी भएको स्मरण गरे । उनीहरूको नेतृत्व गर्दै आफू नै विभिन्न मिडियाको दैलो दैलोमा पुगेको उनले बताए । त्यतिबेला मिटरब्याजीहरुको तमसुक च्यात्न सफल भएको उनले बताए । उनले मिटरब्याजको अवस्थाको बारेमा जाँचबुझ र छानबिनका लागि आयोग नै बनाउने तयारी गरिरहेकोबारे संसद्लाई जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण