बाबुरामको उपेन्द्र यादव लक्षित ट्वीटः उपनिर्वाचन सत्तामा पुर्याउने भर्याङ नबनाऔँ
काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लक्षित ट्वीट गर्दै उनलाई रोक्नुपर्ने बताएका छन् ।
उपनिर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु हुनु केही समय अघि ट्वीट गर्दै उनले बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन खोजेका यादवलाई रोक्नु पर्ने आशय व्यक्त गरेका हुन् । यद्यपि उनले यादवको नाम भने उल्लेख गरेका छैनन् ।
‘चुनाव केही वर्ष महिनामा अमुक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्दै छ, रोकौँ।’
उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी पार्टी नेपाल र तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई बिच एकीकरण गरी मित्रता अघि बढेको थियो । तर, एकीकरणको प्रक्रिया अघि बढ्दै जाँदा जनता समाजवादी पार्टी नेपाल भएपछि आन्तरिक विवादका कारण यादवसँग भट्टराई अलग्गिनु परेको थियो । गत मङ्सिर ४ को निर्वाचनमा यादव पराजय भए पछि हाल उनी बारा–२ वाट उपनिर्वाचनमार्फत सङ्घीय संसदमा आउन खोज्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण