शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामको उपेन्द्र यादव लक्षित ट्वीटः  उपनिर्वाचन सत्तामा पुर्‍याउने भर्‍याङ नबनाऔँ

सोमबार, २० चैत २०७९, १० : २७
सोमबार, २० चैत २०७९

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लक्षित ट्वीट गर्दै उनलाई रोक्नुपर्ने बताएका छन् । 

उपनिर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु हुनु केही समय अघि ट्वीट गर्दै उनले बारा–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन खोजेका यादवलाई रोक्नु पर्ने आशय व्यक्त गरेका हुन् । यद्यपि उनले यादवको नाम भने उल्लेख गरेका छैनन् । 

‘चुनाव केही वर्ष महिनामा अमुक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्य दोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन, यो जनताद्वारा जनताको निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने पवित्र विधि र अवसर हो’, भट्टराईले भनेका छन्, ‘हाम्रो लोकतन्त्रमा चुनाव उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बन्दै छ, रोकौँ।’ 

उपेन्द्र यादव नेतृत्वको तत्कालीन सङ्घीय समाजवादी पार्टी नेपाल र तत्कालीन नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराई बिच एकीकरण गरी मित्रता अघि बढेको थियो । तर, एकीकरणको प्रक्रिया अघि बढ्दै जाँदा जनता समाजवादी पार्टी नेपाल भएपछि आन्तरिक विवादका कारण यादवसँग भट्टराई अलग्गिनु परेको थियो । गत मङ्सिर ४ को निर्वाचनमा यादव पराजय भए पछि हाल उनी बारा–२ वाट उपनिर्वाचनमार्फत सङ्घीय संसदमा आउन खोज्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप