सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री श्रेष्ठले सरुवा, बढुवा र पदस्थापनलाई वैज्ञानिक बनाउने बताए । प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उनले भने–‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन ।’
प्रहरी अधिकृतहरूलाई आफ्नो सरुवा र बढुवाका लागी चाकडी नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । ‘प्रहरी शासक हैन सेवक हो’ निर्देशन सम्बोधन गर्दै श्रेष्ठले भने–‘जनमुखी र जनमैत्री सेवामा दत्तचित्त भएर लाग्नुस्, चाकडीमा नलाग्नुस् ।’
देशभरका प्रहरी कार्यालयमा गरिब, विपन्न, महिला र सीमान्तकृतलाई सेवा प्रवाहमा प्राथमिकता दिन श्रेष्ठले निर्देशन दिए । उनले भने–‘गरिब विपन्न र सीमान्तकृतको सेवा नगरे कारबाही गर्छु, कार्यसम्पादन मूल्याङ्कनको मुख्य कडी त्यही हुनेछ ।’ नेपाल प्रहरी ऐन र प्रहरी समायोजन प्रक्रिया द्रुत गतिमा अघि बढाउने उल्लेख गर्दै श्रेष्ठले भनेका छन्–‘भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिनेछु ।’

_IkSy5LlDmq.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण