इरान र साउदी अरबका विदेशमन्त्रीले चीनमा गरे उच्चस्तरीय भेटवार्ता

मध्यपूर्वका दुई प्रतिद्वन्द्वी राष्ट्र इरान र साउदी अरबका विदेशमन्त्रीले सन् २०१६ पछि पहिलो पटक वार्ता गरेका छन् ।
साउदीको अल–अखबरिया टिभीले बैठकको छोटो भिडियो प्रसारण गर्योव, जसमा राजकुमार फैसल बिन फरहान अल साउद र हुसेन अमिर–अब्दुल्लाहियान चीनमा एक अर्कालाई अभिवादन गरिरहेको देखिएका थिए ।
गत महिना मात्रै दुवै देशले कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने घोषणा गरेका थिए । यो घोषणा पनि चीनमा नै भएको थियो । तेहरानस्थित आफ्नो दूतावासमा भएको आक्रमणपछि साउदी अरेबियाले २०१६ मा इरानसँगको सम्बन्ध तोडेको थियो ।
साउदी अरबमा एक प्रसिद्ध शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि तेहरानमा यो हमला भएको थियो । सुन्नी बाहुल्य साउदी अरेबिया र शिया बहुल इरानबीच त्यसयता तनाव उत्कर्षमा थियो ।
मध्यपूर्वमा वर्चस्वका लागि प्रतिस्पर्धा गरिरहेका दुवै देशले एक अर्कालाई आफ्नो खतरा मान्छन् । यस प्रतियोगितामा दुवै देशले लेबनान, सिरिया, इराक र यमनलगायत मध्यपूर्वका धेरै देशमा प्रतिद्वन्द्वी गुटलाई समर्थन गर्दै आएका छन् ।
इरानले यमनमा हुथी विद्रोहीलाई समर्थन गरेको थियो । त्यसपछि विद्रोहीहरूले सन् २०१४ मा साउदी समर्थक सरकारलाई सत्ताबाट हटाएका थिए ।
तत्पश्चात् साउदी अरेबियाले हुथी विद्रोही विरुद्ध भीषण हवाई आक्रमण सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले मानव अधिकार उलङ्घन गरिरहेको छ’
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै