मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबले इद अघि लियो यो महत्त्वपूर्ण निर्णय

मङ्गलबार, २८ चैत २०७९, ०९ : ४०
मङ्गलबार, २८ चैत २०७९

साउदी अरबको सरकारले जागिरेहरूलाई इदको उपहार दिने निर्णय गरेको छ । साउदीको मानव संसाधन र सामाजिक विकास मन्त्रालयले सोमबार औपचारिक रूपमा इदको लामो छुट्टी घोषणा गरेको छ ।

मन्त्रालयले एक ट्विटमा निजी र गैर नाफामुखी क्षेत्रमा काम गर्नेहरूले इदमा चार दिनको छुट्टीको आनन्द उठाउन सक्ने बताएको छ । यो छुट्टी २० अप्रिलपछि सुरु हुनेछ ।

अर्थात् कर्मचारीले अब शुक्रवार–शनिवार पाउने विकेन्ड अफबाहेक लामो छुट्टीको फाइदा लिन सक्नुहुन्छ । केही कार्यालयमा २७ अप्रिलबाट काम सुरु हुनेछ ।

यस वर्ष २३ मार्च रमजान सुरु भएको थियो । यसको करिब एक महिनापछि रमजानको अन्तिम दिन ईद–उल–फितर मनाइनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप