वर्षमा धेरै कमाउने फिल्म ‘कबड्डी ४’, कुन फिल्मले कति कमाए (सुचीसहित)

काठमाडौँ । वर्ष २०७९ मा नेपाली हलमा हिन्दी र नेपाली गरेर १३२ फिल्म प्रदर्शनमा आएका छन् ।
चलचित्र विकाश बोर्डले मंगलबार वर्षभरि प्रदर्शनमा आएको फिल्म सूचि सार्वजनिक गरेको छ, जसमा विदेशी र स्वदेशी गरेर १३२ फिल्मको नाम समावेश छ ।
बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोटमा वर्षमा धेरै कमाउने फिल्मको पहिलो नम्बर ‘कबड्डी ४’ देखिएको छ । फिल्मले २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाएको रिपोटमा उल्लेख छ । फिल्मको टिकट ७ लाख ६६ हजार बिक्री भएको जनाइएको छ ।
त्यस्तै दोस्रो नम्बरमा कन्नड फिल्म ‘केजीएफ २’ परेका छ । फिल्मले १९ करोड २९ लाख रुपैयाँ कमाएको छ । यो फिल्मको टिकट ६ लाख ७७ हजार ६ सय ९९ बिक्री भएको छ ।
तेस्रोमा अहिले प्रदर्शनरत फिल्म ‘छक्कापञ्जा ४’ परेको छ । फिल्मले अहिलेसम्म १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डको रिपोटमा उल्लेख छ । फिल्मको टिकट अहिलेसम्म ६ लाख ८ हजार ४ सय २ बिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन