पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्रीले भने–प्रमको भारत भ्रमणको तयारी सुरु भइहाल्छ
आइतबार, ०३ वैशाख २०८०, १६ : १९
काठमाडौँ । आजै परराष्ट्रमन्त्रीको शपथ लिएका एनपी साउदले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका छन् ।
सो क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने प्रतिक्रिया दिए ।
‘भर्खरै म कार्यालय आएको छु, कर्मचारीसँग ब्रिफिङ लिएर भ्रमणको तयारी अगाडि बढाउँछु,’ उनले भने ।
सत्ता गठबन्धनमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणकै तयारीका लागि परराष्ट्रमन्त्री नियुक्त गरिहाल्ने सहमति भएअनुसार साउदले आज शपथ लिएका थिए ।
प्रधानमन्त्रीले वैशाख दोस्रो सातासम्ममा भारत भ्रमण गर्ने तयारी भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण