चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्याे भारत
चीनलाई पछि पार्दै भारत विश्वको सबैभन्दा जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रको आँकडा अनुसार भारतको जनसङ्ख्या अब १४२.८६ करोड छ ।
संयुक्त राष्ट्र विश्व जनसङ्ख्याका अनुसार १४२.५७ करोडको जनसङ्ख्यासहित चीन विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको दोस्रो बनेको छ ।
युनाइटेड नेशन्स पपुलेसन फन्ड (युएनएफपीए) को प्रतिवेदनका अनुसार भारतको एक चौथाइ जनसङ्ख्या १४ वर्ष मुनिका बालबालिकाहरू छन्, जनसङ्ख्याको १८ प्रतिशत १० देखि १९ वर्ष उमेर समूहका छन् र २६ प्रतिशत जनसङ्ख्या १० देखि २४ वर्ष उमेर समूहका छन् । जनसङ्ख्याको ६८ प्रतिशत १५ वर्षदेखि ६४ वर्ष उमेर समूहका र ७ प्रतिशत मानिस ६५ वर्षभन्दा माथिका छन् ।
विभिन्न एजेन्सीहरूको तथ्याङ्कलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भारतको जनसङ्ख्या करिब तीन दशकसम्म बढ्ने अनुमान गरेको छ । त्यतिन्जेल भारतको जनसङ्ख्या आफ्नो चरम सीमा अर्थात १६५ करोडमा पुग्नेछ र त्यसपछि यो घट्न थाल्नेछ ।
विज्ञहरूका अनुसार बिहार र उत्तर प्रदेशमा सबैभन्दा युवा जनसङ्ख्या रहेको छ ।
‘भारतको १.४ अर्ब जनसङ्ख्यालाई १.४ अर्ब मौकाको रूपमा हेर्नुपर्छ,’ भारतमा युएनएफपीएकी प्रतिनिधि एन्ड्रिया वोजनर भन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण