सिटाडेलको ८० प्रतिशत दृश्यमा प्रियङ्काको आफ्नै स्टन्ट
मुम्बई । बलिउड अभिनेत्री प्रियङ्का चोपडा पछिल्लो समय वेब सिरिज ‘सिटाडेल’का कारण चर्चामा छिन् । ‘देशी गर्ल’का रुपमा परिचित प्रियङ्काको एक्सनयुक्त सिरिज हेर्न उनका फ्यान लामो समयदेखि प्रतीक्षारत छन् । यो वेब सिरिजको दोस्रो ट्रेलरमा उनलाई जबरजस्त एक्सनमा देख्न सकिन्छ ।
हालै मात्र एक अन्तरवार्तामा उनले सिरिजमा गरिएको एक्सनपूर्ण अभिनयबारे खुलेर कुरा गरेकी थिइन् । रुसो ब्रदर्सद्वारा निर्देशित ‘सिटाडेल’ एक स्पाई थ्रिलर सिरिजको हो, जसको कथा प्रियङ्का र अभिनेता रिचर्ड मेडनको वरपर घुम्छ । सिरिजमा दुवैले एजेन्टको भूमिका निभाएका छन् ।
प्रियङ्काका अनुसार सिरिजको ८० प्रतिशत स्टन्ट उनी आफैंले गरेकी हुन् । ‘सिरिजमा मैले लगभग ८० प्रतिशत स्टन्ट आफैँ गरेँ, किनकि मलाई आफ्नो शरीर र प्रवृत्तिमा भरोसा छ । तर मैले धेरै कुरा सिके र यो सिरिजमा मैले यसअघिभन्दा गरेको राम्रो एक्सन छन्’, प्रियङ्का भन्छिन् ।
‘म एक्सन फिल्म गर्ने एक उद्योगबाट आएकी हुँ । मैले बलिउडमा पनि एक्सन फिल्म गरेकी छु । त्यसकारण जब म एक अद्भुत स्टन्ट टिमका साथ पाइलामा पाइला मिलाएर काम गर्छु, त्यो बेला म आफूलाई भरोसा गर्छु । सिटाडेलका लागि स्टन्ट टीम रुसो ब्रदर्सबाट आएका छन् । जसले उद्योगमा राम्रो काम गरेका छन् । मैले उनीहरूबाट धेरै सिकें’, उनले भनेकी छन् ।
‘सिटाडेल’को प्रिमियर २८ अप्रिलमा अमेजन प्राइम भिडियोमा हुनेछ । जसको नयाँ भाग हरेक शुक्रबार रिलिज हुनेछ । सिरिज विश्वभरमा २ सय ४० अधिक देशमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बकैयाको बजेट ८९ करोड ५० लाख रुपैयाँ
-
सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
-
इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता
-
हेटौंडामा निर्माण व्यवसायी घिमिरेमाथि आक्रमण
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण