बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता

बुधबार, १० असार २०८३, १४ : २२
बुधबार, १० असार २०८३

तेहरान ।  इरानका विदेशमन्त्री अब्बास अराघचीले प्यालेस्टिनी लडाकू समूह हमासका एक वरिष्ठ अधिकारीसँग इरान र संयुक्तराज्य अमेरिका बिचको वार्ताको बारेमा भेटवार्ता गरेको इरानको सरकारी टेलिभिजनले बुधबार जनाएको छ ।

अब्बास अराघचीले हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमसँग यस क्षेत्रको पछिल्लो घटनाक्रम बारेमा छलफल गरेको इरानी टेलिभिजनले जनाएको हो ।

पश्चिम एसियामा व्याप्त शत्रुता अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबिच गत हप्ता समझदारी पत्रमा हस्ताक्षर भएको थियो । समझदारी पत्रमा गाजाको बारेमा स्पष्ट व्यवस्था नगरिएको भएता पनि लेबनान लगायतका क्षेत्रहरुमा जारी सैन्य कारबाहीको तत्काल र स्थायी समाप्ती निर्धारित गरिएको छ ।

हमासले उक्त सम्झौताको स्वागत गर्दैे इजरायलसँगको दुई वर्ष भन्दा लामो युद्धबाट ध्वस्त भएको गाजा पट्टीमा हिंसा अन्त्य गर्न आवाश्यक सहयोग गर्ने आशा व्यक्त गरेको छ । इरान प्यालेस्टिनी जनताको कट्टर समर्थक हो, जसले यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछि आफ्नो विदेश नीतिको आधारशिला बनाएको छ ।

इरानी टेलिभिजनको रिपोर्ट अनुसार, छलफलका क्रममा अराघचीले प्यालेस्टिनीहरूका लागि इस्लामिक गणतन्त्रको निरन्तर समर्थन र उनीहरूको स्वतन्त्र राष्ट्रिय अधिकारहरू पूर्ण रूपमा साकार नभए सम्म उनीहरूको न्याय नहुने बताएका छन् ।

तेहरान र वासिङ्टनबिच भएको वार्तामा मध्यस्थकर्ताको रूपमा भूमिका निर्वाह गर्दै आएको छिमेकी राष्ट्र पाकिस्तानको भ्रमणमा मङ्गलबार इरानी विदेश मन्त्री अराघची र राष्ट्रपति मसूद पेजेस्कियनसँगै गएको जनाइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप