निजी आवास निर्माण सुस्त गतिमा : २१ हजार भूकम्पपीडित कता हराए ?
भक्तपुर । भूकम्प गएको लामो समय भएपनि भक्तपुरमा निजि आवास निर्माणले गति लिन सकिरहेको छैन ।
जिल्लामा भूकम्प पीडित भनेर पहिचान भएका लाभग्राहीको संख्या २७ हजार ६ सय ४४ रहेको छ ।
जसमध्ये २२ हजार ७ सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राही २ हजार ७८ रहेको राष्ट्रिय पुननिर्माण प्राद्यिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख शिवराम गेलालले जानकारी दिएका छन् ।
पहिलो किस्ता लिनेको तुलानमा दोस्रो र तेस्रो किस्ता लिनेको संख्या एकदम न्यून रहेको गेलालले जानकारी दिएका छन् ।
जिल्लामा आवास निमार्ण सम्पन्न गरेर भूकम्प पीडितलाई सरकारले दिएको अन्तिम तेस्रो किस्ता लिनेको संख्या १ हजार ६६ मात्र रहेको कार्यालय प्रमुख गेलालले बताए ।
यसरी हेर्दा भक्तपुरमा पहिलो किस्ता लिएका २२ हजार ७ सय ९२ लाभग्राहीले मध्ये तेस्रो किस्ता लिने १ हजार ६६ मात्र भएकाले २१ हजार ७ सय ६६ लाभग्राही बीचमै हराएका छन् ।
यसरी पहिलो, दोस्रो र तेस्रो किस्तासम्म आउँदा धेरै घर बनाउन नसक्दा भक्तपुरमा निजि आवास निर्माणले गति लिन सकिरहेको छैन ।
भक्तपुरका सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमी नगरपालिका मध्ये सबैभन्दा लाभग्राही चाँगुनारायण नगरपालिकामा १० हजार ६ सय ४७ जना रहेका छन् ।
उक्त नगरपालिकामा ८ हजार ९ सय ९७ पहिलो, ६ सय ७२ दोस्रो र ४ ८९ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।
भक्तपुरमा जग्गा विवाद र स्वामित्व सम्बन्धी समस्याले गर्दा निजी आवास निर्माणले गति लिन नसको कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण