बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

झुटो समाचार बनाउने युट्युब च्यानलविरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी

बिहीबार, ०७ वैशाख २०८०, ०९ : ५४
बिहीबार, ०७ वैशाख २०८०

मुम्बई । ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्याले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दिएकी छन् । 

यी युट्युब च्यानलले केही दिनअघि आराध्याको स्वास्थ्यको बारेमा झुटो समाचार चलाए पछि आराध्याले उजुरी दिएकी हुन् । आफ्नो याचिकामा आराध्याले ती च्यानल र तिनका सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेकी छिन् । अदालतले २० अप्रिल अर्थात आज नै यस विषयमा सुनुवाइ गर्नेछ ।

भारतीय सञ्चार माध्यमका अनुसार आराध्याले ती यु–ट्युब च्यानलहरूबाट आफूमाथि बनाइएका सबै भिडियोले मनोवैज्ञानिक रूपमा त्रसित बनाएको र उनीहरूका कारण आफू पिडक बनेको भन्दै तीनहरूलाई हटाउन आदेश दिन अदालतलाई अपिल गरेकी छिन्। उनले गुगल एलएलसी र इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयलाई पनि याचिकामा विपक्षी बनाएकी छन्। 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप