बेलिब्रिज दुर्घटना अपडेट : २ जना भारतीय नागरिकको मृत्यु, थप १ को अवस्था गम्भीर
सुर्खेत । बिहीबार दिउँसो जाजरकोट र रुकुम पश्चिमको बीचमा पर्ने भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिएको घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बहराईज मजुवापुर गुलरियाका ४० वर्षीय पुरुषोत्तम राजकुमार र सोही ठाउँका ४० वर्षीय धर्मेन्द्र हरिजन चमार भन्ने धर्मेन्द्र गौतम रहेका छन् ।
यस्तै एकजना गम्भीर घाइते रहेका छन् भने बाँकी ६ जना सामान्य घाइते अवस्थामा रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिए । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र दल्ली जाजरकोटमा उपचार भइरहेको उनले बताए । घाइते दुई जनाको अस्पतालमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रदेश प्रहरी कार्यालयकाअनुसार उक्त बेलिब्रिजले भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबजार र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको गोतामकोट जोड्दछ । बेली ब्रिज (पुल) एक्कासि भत्कँदा निर्माण गर्दै गरेका मजदुरहरू घाइते भएका थिए । घाइते रहेका पनि अधिकांश नागरिकहरू भारतीय नै रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गम्भीर घाइते भारतीय २५ वर्षीय सञ्जयकुमार गौतम, ४५ वर्षीय राजकुमार सामान्य घाइते, भारतकै २४ वर्षीय निरजकुमार चौधरी, १८ वर्षीय सोनुकुमार गौतमा, ५० वर्षीया महिकु गौतम, गोरखनाथ चनार, बर्दिया गुलरिया नगरपालिका–१० बर्दियाका ३८ वर्षीय गोपाल हरिजङ्ग घाइते भएका छन् । गम्भीर घाइतेहरुलाई हेलिकटप्टोरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण