पामेलाको निधनका कारण सलमानको ‘किसीका भाइ किसीकी जान’ को विशेष प्रदर्शन रद्द
मुम्बई । अभिनेता सालमान खानको फिल्म ‘किसीका भाइ किसीकी जान’ को विशेष प्रदर्शन रद्द गरिएको छ । भारतीय फिल्मका दिग्गज तथा दिवङ्गत निर्देशक यश चोपडाकी श्रीमती तथा गायिका पामेला चोपडाको निधनको कारण फिल्मको प्रदर्शन रद्द गरिएको हो ।
पामेलाको ७४ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । पामेला आदित्य चोपडा र उदय चोपडाकी आमा हुन् । उनी रानी मुखजीर्की सासू हुन् । पामेलाको आजै मुम्बईमा अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम बिदाइमा फिल्मकर्मीको बाक्लो उपस्थिति थियो ।
रिपोटका अनुसार सलमानले आजै फिल्म ‘किसीका भाइ किसीकी जान’ को स्पेशल सेलिब्रेटी शो राखेका थिए । पामेलाको निधनको खबर बाहिरिएपछि उनले शो स्थगित गरेका हुन् । चोपडा फ्यामिलीसँग सलमानको विशेष प्रकारको सम्बन्ध रहेको छ । सलमानले यशराजको ब्यानरमा बनेको ‘सुल्तान’, ‘पठान’ र ‘टाइगर सीरीज’का फिल्ममा काम गरेका छन् ।
सलमान ‘किसीका भाइ किसीकी जान’ मार्फत तीन वर्षपछि ठुलो पर्दामा फर्किँदै छन् । सलमानको फ्यान यो फिल्मको प्रतीक्षामा छन् । फिल्मको गीत र ट्रेलरले दर्शकको मन जितिसकेको छ । फिल्म २१ अप्रिलमा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरले ल्यायो ३ अर्ब ५६ करोड ४७ लाखको बजेट
-
बकैयाको बजेट ८९ करोड ५० लाख रुपैयाँ
-
सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
-
इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता
-
हेटौंडामा निर्माण व्यवसायी घिमिरेमाथि आक्रमण
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण