मुक्तिनाथ पुगे साउथ सुपरस्टार अजितकुमार
शुक्रबार, ०८ वैशाख २०८०, १७ : ३२
काठमाडौंँ । साउथ फिल्मका सुपरस्टार अजितकुमार केही दिनदेखि नेपालमा छन् । सिरिज ‘मिराई’ को छायांकनका लागि नेपाल आएका हुन् । केही दिनअगाडि उनको ‘मिराई’ को छायांकन काठमाडांँमा भएको थियो । अजित अहिले भने मुक्तिनाथ पुगेका छन् । मुक्तिनाथ मन्दिरको अगाडि उनीसँग केही व्यक्तिले तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन् । सिलगुडी हुँदै नेपाल आएका उनी धनुषा, झापा, काठमाडाैँ हुँदै मुक्तिनाथ पुगेका हुन् ।
अजितको नेपालमा ठूलो क्रेज छ । बाइक हाँकेर नेपाल आउने क्रममा उनीसँग बाटो–बाटोमा सेल्फी खिच्नेको भीड देखिएको छ । अजित ‘राइड फर म्यूचुअल रिस्पेक्ट’ अभियान अन्तर्गत बाइक चलाएर थाइल्यान्डदेखि युरोपसम्म पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण