सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सोमबार, २५ जेठ २०८३, १३ : ३०
सोमबार, २५ जेठ २०८३

सारांश

  • डा. सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न मागहरू राख्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।
  • तराई-मधेशका मुद्दाहरू र आम नागरिकका जीविकाका सवालहरूलाई लिएर आयोजना गरिएको विरोध प्रदर्शनपछि पार्टीले प्रधानमन्त्री बालेन शाहलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
  • जनमत पार्टीले विगतका सम्झौताहरूको पूर्ण कार्यान्वयन, लाल आयोगको प्रतिवेदन सार्वजनिक र आन्दोलनकारीमाथि लागेका झुठा मुद्दाहरू फिर्ता लिन माग गरेको छ।

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न मागहरू राख्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। 

तराई-मधेशका मुद्दाहरू र आम नागरिकका जीविकाका सवालहरूलाई लिएर आयोजना गरिएको सो विरोध प्रदर्शनपछि पार्टीले सोमबार नै प्रधानमन्त्री बालेन शाहलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।

प्रदर्शनमा सहभागी जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेशका अधिकार, किसानका समस्या र सुशासनको पक्षमा नाराबाजी गरेका थिए। 

जनमत पार्टीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा विशेष गरी विगतमा सरकारसँग भएका २२ बुँदे, ८ बुँदे र ११ बुँदे सम्झौताहरूको पूर्ण कार्यान्वयनको माग गरिएको छ। यस्तै, मधेस आन्दोलनका क्रममा भएको दमन र घटनाको छानबिनका लागि गठित 'लाल आयोग'को प्रतिवेदन सार्वजनिक गर्न र आन्दोलनकारीमाथि लागेका झुठा मुद्दाहरू फिर्ता लिन माग गरिएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप