संसद् बैठक
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
सोमबार, २५ जेठ २०८३, १३ : २२
२
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा आएर सीमाबारेको आफ्नो धारणा सच्याउनुपर्ने बताएका छन् ।
- उनले प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति सच्याउनुपर्ने र अरू मन्त्रीले सच्याएर नहुने बताए ।
- सांसद राईले नेपाली सेनालाई सीमाको रक्षार्थ तैनाथ गर्नुपर्ने माग गरेका छन् ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा आएर आफूले बोलेको वाक्य नसच्याउँदै सदनको काम कारबाही अगाडि बढ्न नसक्ने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद राईले भने–‘प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेको धारणा सच्याउनुपर्छ । अरू मन्त्रीले सच्याएर हुन्न उहाँ आफै आएर सच्याउनुपर्छ ।’
प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको बताएका थिए । त्यस्तै, सांसद राईले नेपाली सेनालाई सीमाको रक्षार्थ तैनाथ गरिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने
-
ट्रम्पद्वारा दर्जनौँ देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने घोषणा
-
के पछि पनि हुन सक्छ डेंगु ?
-
इरान युद्ध: मध्यपूर्वमा तनाव झनै चर्किँदै
-
खराब कोलेस्ट्रोल घटाउन खानुस् यी ७ थरी बियाँ
-
तरकारी तथा फलफूलमा विषादी परीक्षण: विषाक्त भेटिएमा के हुन्छ कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण