प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
सारांश
- नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्ति फिर्ता लिएर क्षमा माग्न सुझाव दिएकी छन् ।
- अर्यालले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा दख्खल पुग्ने गरी दिएको अभिव्यक्तिको गम्भीर बहस र विरोध भइरहेको बताइन् ।
- उनले राष्ट्रियताका सवालमा सङ्कल्प प्रस्ताव पारित गर्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्चाएसम्म सदन स्थगित गर्न माग गरिन् ।
काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लङ्घन गर्दै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिप्रति फिर्ता लिएर क्षमा याचना माग्न सुझाव दिएकी छन् । एमाले संसदीय दलको उपनेता समेत रहेकी अर्यालले सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा दख्खल पुग्ने गरी दिएको अभिव्यक्तिको आज गम्भीर बहस र विरोध भइरहेको छ’, अर्यालले भनिन् ‘हामीले पटक पटक आग्रह गर्दा पनि जुन भुल प्रधानमन्त्रीले गर्नुभयो त्यो भुल सुधार गरियोस् र क्षमायाचना गरियोस् भनेर भनिरहेका छौँ तर सुनिएन ।’
उनले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्दा सत्तापक्ष र प्रतिपक्षको विषय नबनाएको भन्दै राष्ट्रियताका सवालमा । साझा सहमति गरेर अघि बढ्नुपर्ने बताइन् । साथै, उनले राष्ट्रियताका सवालमा सङ्कल्प प्रस्ताव पारित गर्दै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति नसच्चाएसम्म सदन स्थगित गर्न माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण